राप्रपा महाधिवेशनः नेतृत्व चयनका लागि मतदान सुरु

साझाकुरा
२०७८ मंसिर १८, शनिबार १३:३२

हेटौडा-राप्रपामा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि हुने भनिएको मतदान केहीबेरअघिमात्र सुरु भएको हो । विद्युतीय मेसिनमा उम्मेदवारको नाम रुजु गर्न समय लागेकाले तोकिएको समयमा मतदान सुरु हुन सकेको थिएन । मतदानका लागि शीर्ष नेताहरु मतदानस्थल भृकुटीमण्डप पुगेका छन् ।

अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ। महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*