पराजय स्वीकार गर्दै कमल थापाले भने–निर्मलनिवासले नांगो हस्तक्षेप गर्‍यो

साझाकुरा
२०७८ मंसिर १९, आईतवार ०९:५१

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षका प्रत्यासी कमल थापाले निर्वाचनमा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप लगाएका छन्। उनले केहीबेरअघि सामाजिक सञ्जालमा लेख्दै पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भत्र्सना गरेको उल्लेख गर्दै पूर्वराजा ज्ञानेन्द्रलाई बधाइ पनि दिएका छन्।

उनले लेखेका छन्, ‘धन्यवाद मैले राहत र उन्मुक्ति पाएको छु।’ उनले निर्वाचनमा पराजय स्वीकार पनि गरेका छन्। उनले सिंगो मुलुक गणतन्त्रमय भएका बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो भन्दै उक्त एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् भनेका छन् ।

उनले लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई वधाई तथा शुभकामना प्रतिकुल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।’ नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा थापालाई पराजित गर्दै लिङदेन अध्यक्षमा निर्वाचित हुन सफल भएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published.


*