भीमसेनदासको साथ बानियाँलाई

काँग्रेस बागमती प्रदेश अधिवेशन
साझाकुरा
२०७८ मंसिर १९, आईतवार १२:२६

हेटौंडा-नेपाली काँग्रेस बागमती प्रदेश अधिवेशनमा सभापति पदमा पुनः मतदान हुने भएपछि भीमसेनदास प्रधानले इन्द्रबहादुर बानियाँलाई साथ दिने घोषणा गरेका छन् ।
आज आइतबार ११ः३० बजे संयुक्त घोषणा कार्यक्रममा प्रधानले बानियाँलाई मतदान गर्न आग्रह गर्दै आफुले पूर्णरुपमा समर्थन गरेको घोषणा गरेका हुन् । मतको आधारमा तेस्रो भएका प्रधान चुनावी मैदानबाट बाहिरिएपछि उनले बानियाँलाई साथ दिने भएका हुन् ।

काँग्रेसको विधानबमोजिम सभापतिमा दुई वा सोभन्दा बढी उम्मेदवार हुँदा ५१ प्रतिशत मत प्राप्त गर्ने विजयी हुनेछन् । शनिबार भएको मतदान प्रक्रियाबाट बानियाँ, जगदिश्वर नरसिंह केसी र प्रधान तीन जनामध्ये  कोहि कसैको ५१ प्रतिशत मत नआएपछि पुनः मतदान हुने निश्चित भएको थियो । पुनः मतदानमा सभापतिका उम्मेदवारहरु बानियाँ र केसीबीच प्रतिस्पर्धा हुनेछ ।

सभापतिमा बानियाँले ९ सय ९२, दोस्रो हुने केसीले ८ सय ७२ मत र तेस्रो हुने प्रधानले १ सय ९७ मात्र मत पाएका थिए । बानियाँ ४८ प्रतिशत मत ल्याएर बढी मत ल्याउने उम्मेदवार भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*