माओवादी केन्द्र भीमफेदीमा स्याङ्तानको नेतृत्व

साझाकुरा
२०७८ मंसिर २०, सोमबार १२:००

हेटौंडा-नेकपा माओवादी केन्दले जिल्ला अधिवेशन तयारी गरिरहेको छ । अधिवेशन अन्तर्गत भीमफेदी गाउँपालिका कमिटीमा नयाँ नेतृत्व चयन गरिएको छ ।
कमिटीको अध्यक्षमा बद्री स्याङ्तान सर्वसम्मत चयन भएका छन् । शनिबार भएको गाउँ कमिटीको दोस्रो अधिवेशनबाट स्याङ्तानको नेतृत्वमा ४९ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा अप्सरा लामा र प्रीतिलाल लामा, सचिवमा मदन बर्ताैला, सहसचिवमा रञ्जित राना र दीपक गोले, कोषाध्यक्षमा अमृत बल सर्वसम्मत चयन भएका छन् । पालिकाको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रम दीपक गोलेको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यमा भएको हो ।

गाउँपालिका अधिवेशनमा माओवादी केन्द्र मकवानपुरका संयोजक सांसद प्रेमबहादुर पुलामी, ओमबहादुर ग्लान, बागमती गाउँ– पालिकाका अध्यक्ष सर्केस घलान लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*