अन्तिमपटक सभापति बन्न चाहन्छु: देउवा

साझाकुरा
२०७८ मंसिर २०, सोमबार १२:२७

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि एकपटक सभापति बन्न चाहेको बताएका छन्। बालुवाटारमा पत्रकारसँग कुरा गर्दै देउवाले पार्टीको विधानबमोजिम एकपटक सभापति बन्न चाहेको बताएका हुन्। उनले सभापतिमा आफू चुनिए अझै राम्रो काम गर्ने दाबी गरे। ‘म पार्टीको विधानबमोजिम एक पटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो। म प्रधानमन्त्री पनि छु।’, उनले भने।

देउवाले मुलुकको व्यवस्था रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्री भएको भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई एकपटक फेरि सभापतिमा आफूलाई समर्थन गरिदिन आग्रह गरे। उनले वर्तमान सत्ता गठबन्धन राष्ट्रियसभा चुनावसम्मका लागि मात्र भएको बताए। त्यसपछि गठबन्धनले निरन्तरता पाउने वा नपाउने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको देउवाको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published.


*