नेपालमा पनि भेटीयो कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट

साझाकुरा
२०७८ मंसिर २०, सोमबार १३:३८

नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा यसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ। मन्त्रालयले परीक्षणका क्रममा गत आइतबार दुईजनामा संक्रमण पुष्टि भएको जनाएको छ। साथै उनीसँग सम्पर्कमा आएका अन्य ६० जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*