पोर्चुगलका राष्ट्रपतिद्धारा संसद विघटन, निर्वाचनको घोषणा

एजेन्सी – पोर्चुगलका राष्ट्रपतिले संसद् विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरेका छन्।
राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन गर्दै निर्वाचनको मिति तोकेका हुन्। उनले आगामी सन् २०२२ को जनवरी ३० तारिखका दिन संसदीय निर्वाचन गर्ने घोषणा गरेका छन्।
सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलमा आठ पटक संसद विघटन गरिएको छ। संसदले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि राष्ट्रपतिले संसद विघटन गर्दै निर्वाचन घोषणा गरेका हुन्। सरकारको बजेट पारित गर्नका लागि गत अक्टोबर २७ तारिखका दिन संसदमा मतदान भएको थियो।