तमिलनाडुमा हेलिकप्टर दुर्घटना

एजेन्सी — भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकोप्टर दुर्घटना भएको छ। भारतको तमिलनाडुमा उनी सवार हेलिकोप्टर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उक्त हेलिकोप्टरमा रावत, उनकी पत्नीसहित १४ जना सवार रहेको जनाइएको छ। दुर्घटनामा चार जनाकाे शव फेला परेकाे छ भने घाइते ७ जनाकाे उद्दार गरिएकाे छ। फेला परेका शव पहिचान हुन सकेकाे छैन।
भारतीय वायु सेनाले दुर्घटनाग्रस्त हेलिकोप्टरमा जनरल रावत रहेको पुष्टि गरेको छ। दुर्घटनाको कारणबारे अहिलेसम्म केही विवरण सार्वजनिक नभएको भारती सञ्चारमाध्यम आजतकले जनाएको छ। आजतक टेलिभिजनका अनुसार एमआई सिरिजको उक्त हेलिकोप्टरमा रावतसहित १४ जना सवार थिए ।
तस्बिर ः आजतक