सरकारले राज्यका निकायलाई ध्वस्त बनाएको भट्टराईको आरोप

साझाकुरा
२०७८ मंसिर २४, शुक्रबार ०९:३५

हेटौंडा-नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टाराईले बर्तमान गठबन्धनको सरकारले राज्यका सबै निकायलाई ध्वस्त बनाएको  आरोप लगाएका छन् । बिहीबार हेटौंडामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट््टराईले अहिले गठबन्धनको सरकारले मुलुकको मुख्य अंग कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबैलाई अस्थिर बनाउँदै ध्वस्त बनाएको आरोप लगाएका हुन् । ‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले कार्यपालिका भाठबन्डामा गठन,कार्यपालिकाको सवालमा संसदलाई बन्धक बनाइएको छ र न्यायपालिकालाई नांगेझार बनाएको छ ।’ उनले भने, ‘न्यायपालिकाको इज्जत प्रतिष्ठालाई त अझ सरकारले पूरै सखाप बनाइसकेको छ ।’ उनले मुलुकका महत्वपूर्ण अंगलाई बचाउनका लागि पनि छिट्टोभन्दा छिट्टो जनादेशमा जान जरुरी रहेको दाबी गरे । भट्टराईले मुलुकमा छिट्टो निर्वाचन गराउन जरुरी रहेको र लोकतान्त्रिक ढंगले मुलुकमा स्थायित्व बनाउन एमाले कटिबद्ध भएको बताए ।

नेकपा फुटेर एमाले, माओवादी आ–आफ्नो बाटोमा लागिसकेपछि एमालेलाई थप सुदृढ बनाउँदै अघि बढ्न सहज भएको भट्टाराईको धारणा छ । ‘अब नेपाल दुई वटा मात्र धार रहने छ ।’ उनले भने, ‘एक कम्युनिस्ट बिचारधारा राख्ने बामपन्थी बिचार बाकेर हिँड्ने बाम प्रगतिशील नेकपा एमाले र उदारबादी, पूँजीबादीहरुको नेतृत्व गर्ने नेपाली काँग्रेस ।’ उनले यी दुई पार्टीबीच मात्र नेपालमा प्रतिस्पर्धा हुने भएकाले अरु पार्टीहरु यी दुई दलमा समाहित हुनेबाहेक विकल्प नरहेको बताए । भट्टराईले डा.भीम रावल अध्यक्ष केपी ओली शर्मासँगै प्रतिस्पर्धामा उत्रिए पनि त्यो लोकतान्त्रिक प्रतिस्पर्धामै सीमित भएको र अध्यक्षमा मतदान प्रक्रिया हुँदैमा पार्टी फुट्ने वा विभाजनको मार्गमा अघि बढ्ने संज्ञा दिइनु गलत भएको र यस्ता विषयहरु अबुझहरुले उठान गरिरहेकोले यो सवालमा कुनै तुक नरहेको प्रष्ट पारे ।

उनले काँग्रेसले आफ्नो महाधिवेशनमा कुनैपनि नयाँ विचार प्रतिपादन गर्न नसक्ने बताउँदै काँग्रेस इतिहास भएको तर, भविष्य नभएको पार्टीका रुपमा अघि बढिरहेको ठोकुवा गरे । ‘काँग्रेस इतिहास लामो भएको तर, भविष्य छोटो भएको पार्टी हो ।’, उनले भने, ‘एमाले इतिहास र भविष्य दुबै लामो भएको पार्टी हो ।’ प्रेस चौतारी मकवानपुर संयोजक धर्मेन्द्र दाहालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा एमाले मकवानपुर अध्यक्ष बद्री लम्साललगायतको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*