मकवानपुरका चार जना काँग्रेस प्रदेश सदस्यमा निर्वाचित

साझाकुरा
२०७८ मंसिर २४, शुक्रबार ०९:४८

हेटौंडा-नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशनबाट मकवानपुरका तीन जना सदस्यमा निर्वाचित भएका छन् । मतपरिणामअनुसार मकवानपुरका चम्फुरत्न लामा, रामशरण माझी, जनकी गिरी र जानुकी लामा विजयी भएका छन् । लामाले ६८९, माझीले ८७८, गिरीले ९८१ र लामाले ९८१ मत ल्याएर विजयी भएका हुन् ।  निर्वाचनमा कुल २०८३ मत खसेको थियो । नेपाली कांग्रेस बागमती प्रदेश सदस्यमा दोलखाबाट अनिता श्रेष्ठ ९२९, चित्रबहादुर कार्की ७३०, भक्तपुरबाट सुनिता खत्री ६७०, सुमन कार्की ८२७, सिन्धुलीबाट गंगा दाहाल १२०७, विवशकुमार वाइबा ९२१ मतका साथ विजयी भएका छन् ।

काठमाडौंबाट इन्दिरा चौलागाईं र सानुकान्छा श्रेष्ठ ७६९, रामेछापबाट कल्पना खड्का ८२६, जीतबहादुर मगर ९६३, रसुवाबाट शेषकुमारी अधिकारी ७१७, चितवनबाट कुमार कार्की ८१५, धादिङबाट श्यामकुमार लामा ८६७, देवकुमार कार्की ८६५, नुवाकोटबाट धनकुमारी थापा ८९०, र मणिराम केसी ८८० मत ल्याएर सदस्य निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार सिन्धुपाल्चोकबाट कुमार दुलाल ९३१, काभ्रेबाट शान्ता क्षेत्री थापा ७०३, गुमान सिं लामा ७४४, ललितपुरबाट प्रविणा शर्मा १३२७, राजीवराज पौडेल ६४१ मत ल्याएर विजयी भएका छन् । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्रबाट महिलामा जानुकी गिरी, उर्मिला कँडेल, तारा पन्त, निर्मला पण्डित, विद्यादेवी घिमिरे, भद्र भण्डारी र सरु बानियाँ निर्वाचित भएका हुन् । खुलातर्फ १५ जना, आदिबासी जनजातिमा ८ जना निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*