सहमहामन्त्रीमा डिनाको दाबी कायमै

साझाकुरा
२०७८ मंसिर २४, शुक्रबार ०९:५३

हेटौंडा-नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मकवानपुरकी महालक्ष्मी डिना उपाध्यायले आफ्नो दाबी कायम राख्दै आएकी  छन् । १४ औं महाधिवेशनमा डिनाले केन्द्रीय सहमहामन्त्रीमा आनो उम्मेदवारी दिने दाबी कायमै राखेकी हुन् ।  शेरबहादुर देउवा प्यानलबाट आफ्नो उम्मेदवारी दिने उनको तयारी छ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी डिना कांग्रेसको प्रखर र स्पष्ट वक्ताको रुपमा परिचित छिन् । उनले काँग्रेसलाई गतिशील बनाउन तथा एकताबद्ध भएर अघि बढाउन आफूले  उम्मेदवारी दिने बताइन् । पार्टीको आन्तरिक जिम्मेवारी लिएर काँग्रेसलाई आउँदो निर्वाचनमा पहिलो पार्टी बनाउन आफ्नो भूमिका रहने उनको भनाइ छ ।  मकवानपुर जिल्लाबाट महाधिवेशनमा केन्द्रीय सदस्यमा उमा दाहालले उम्मेदवारी दिने बताउँदै आएकी छन् । मकवानपुर जिल्लाको दुई प्रतिनिधि क्षेत्रबाट २५-२५ जना गरी ५० जना महाधिवेशन प्रतिनिधि, २ जना क्षेत्रीय सभापति र केन्द्रीय सदस्य नेतृ डिनासहित ५३ जनाले महाधिवेशमा मतदान गर्न पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*