माओवादी सचिव बल एमालेमा प्रवेश

साझाकुरा
२०७८ मंसिर २५, शनिबार ०९:५८

हेटौंडा-नेकपा माओवादी केन्द्रका नेता तथा तत्कालीन नेकपाका मकवानपुर जिल्ला सचिव बलराम वल एमालेमा प्रवेश गरेका छन् । एमाले बागमती प्रदेश कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रमका बीच माओवादीका अन्य जिल्लास्तरीय नेता कार्यकर्तासहित उनी पार्टी प्रवेश गरेका हुन् ।  वललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला र खादा लगाएर पार्टी प्रवेश गराएका थिए । तत्कालीन जनमोर्चाको जिल्ला अध्यक्ष हुँदै माओवादीको जिल्ला नेतृत्वमा पुगेका थिए । उनी २०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*