सभापति पदमा उम्मेदवारी दिएका युवराज न्यौपानेको उम्मेदवारी फिर्ता

साझाकुरा
२०७८ मंसिर २६, आईतवार १३:१८

 

काठमाडौं – नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन्। न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए। पार्टी नेतृत्वमा युवाको सहभागिता हुनुपर्ने दाबी गर्दै शनिबार सभापतिमा मनोनयन दर्ता गराएका उनले सभापतिमा शेखर कोइरालालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता दिएको बताए। न्यौपानेले उम्मेदवारी फिर्ता लिएसँगै अब सभापति पदमा पाँच जनाको प्रतिष्पर्धा हुने छ। शेरबहादुर देउवा, डा। शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको रेसमा छन्।

 

यसमा तपाइको मत

Your email address will not be published.


*