एमाले बागमती प्रदेश अध्यक्षमा पाण्डे चयन

साझाकुरा
२०७८ मंसिर २७, सोमबार १०:२९

हेटौंडा-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सात वटै प्रदेशमा अध्यक्ष तोकेको छ ।  एमालेको भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षका लागि अध्यक्ष केपी शर्मा ओलीले सात जनाको नाम पढेर प्रस्ताव गरेपछि पारित भएसँगै पद तोकिएको हो । एमालेको प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी रहेका छन् ।

त्यस्तै उपत्यका विशेषमा प्रेम पराजुली छन् । एमालेले यसअघि ४४ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव  गरेका थिए । सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनीत गरेको हो । विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट ९ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ ।
एमालेले आइतबारनै ४५ सदस्यीय स्थायी समिति र ९९ सदस्यीय पोलिटब्यूरो कमिटीसमेत गठन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*