डिनाको फड्को

साझाकुरा
२०७८ मंसिर २७, सोमबार १०:४५

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मकवानपुरे नेतृ महालक्ष्मी डिना उपाध्याय सहमहामन्त्रीको उम्मेदवार बनेकी छन् । करिब चार दशकदेखि कांग्रेसको सक्रिय राजनीतिमा क्रियाशील एक महिला नेतृ सहमहामन्त्रीको उम्मेदवार हुनु राजनीतिक तवरमा फड्को मार्न सकिन्छ । उनी कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट महिलातर्फ सहमहामन्त्रीको उम्मेदवार बनेकी हुन् । उनी २०६३ सालदेखि कांग्रेस केन्द्रीय सदस्यमा रहेका काम गर्दैै आएकी छन् । डिनाले आफ्नो उम्मेदवारी घोषणा गरेसँगै आफ्ना एजेन्डाहरु पनि सार्वजनिक गरेकी छन् । नेपाली कांग्रेसको सिद्धान्त र आर्दशलाई गन्तव्यमा पु¥याउने पहिलो प्राथमिकता रहेको उनको एजेन्डामा उल्लेख छ । नेपाली कांग्रेसले चाहेको र नेतृत्वले दिएको विचार र जिम्मेवारीलाई निर्णायक तहमा पु¥याउने उनको योजना छ ।

नेपाली कांग्रेसको राजनीतिमा लागेकी डिना उपाध्याय विभिन्न कालखण्डमा जेल जीवनदेखि राज्यमन्त्रीसम्म बनेकी छन् । राजनीतिक पृष्ठभूमिकी डिनाका हजुरबुवा उदयनाथ अधिकारी नेपाली कांग्रेस चितवनका संस्थापक सभापति थिए । डिना मात्र होइन उनका दाजुदिदीहरु पनि नेविसंघको सक्रिय राजनीतिमै थिए । जव डिना काठमाडौंको पद्मकन्या क्याम्पस भर्ना भइन् त्यो बेला नेपालमा पञ्चायत विरुद्धको आन्दोलन चलिरहेको थियो । नेपाली कांग्रेसले आन्दोलनको नेतृत्व गरिरहेको थियो । उक्त आन्दोलनमा डिना पनि सकृय भएर लागेकी थिइन् । पञ्चायत शासनको अन्त्य र प्रजातन्त्र पुनर्बहालीको आन्दोलनमा डिना सकृय भइन् । २०४२ सालमा नेपाली कांग्रेसले आह्वान गरेको सत्याग्रहमा पनि अग्रपन्थिमा रहेर काम गरेको अनुभव उनीसँग छ । सत्याग्रहमा लागेका बेला उपाध्याय जेलमा समेत परेकी थिइन् । जेलमा रहँदा गिरीजा प्रसाद कोइराला, नोना कोइराला, सुशिल कोइराला र शैलजा आचार्यलगायतका नेताहरुसँग उनको भेट भएको थियो ।

जेलमै रहँदा महिलाका हिंसा र महिलामाथि हुने विभेदबारे नजिकबाट बुझ्ने अवसर उनलाई मिलेको थियो । फरकफरक स्थानमा उपाध्यायका हजुरबुवा, हजुरआमा, मामासमेत गरी १२ जना आफन्त जेलमा रहेका थिए । जेलबाट बाहिर निस्किएपछि उनी फेरी राजनीतिमै सकृय भइन् । जेलमा छँदा शैलजा आचार्यको स्कुलिङ र गिरिजाप्रसाद कोइरालालगायतका नेताहरुको विचारबाट प्रभावित उनी अझ जिम्मेवार ढंगले अघि बढिन् । फलतः २०४३ सालमा पद्मकन्या क्याम्पसको स्ववियु अध्यक्ष निर्वाचित भइन् । उनको राजनीतिक यात्रा अगाडी बढ्दै गर्दा २०४८ साल र २०५१ सालमा मकवानपुर जिल्लाको क्षेत्र नं. २ बाट दुई पटकसम्म संसदीय निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिए पनि दुबै पटक उनी पराजित भइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*