कर्रा करिडोरमा डेढ करोड थप

साझाकुरा
२०७८ मंसिर २८, मंगलवार ०९:१४

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–४ र ८ मा पर्ने कर्रा करिडोर निर्माण सुरु गरिएको छ ।डेढ करोड लागत र बहुबर्षिय योजनामा कर्रा खोला किनारमा करिडोर निर्माण गरिएको हो । करिडोर निर्माणका चालु आर्थिक वर्ष २०७८÷०७९ मा एक करोड ५० लाख रुपैयाँ छुट्याइएको छ ।
चालु आर्थिक वर्षको बजेट किताबमै डेढ करोडको बजेट समावेश गरेर हेटौंडा–४ र ८ नम्बर वडा दुबै तर्फबाट कर्रा करिडोरको निर्माणको काम भइरहेको मेयर हरिबहादुर महतले बताए ।

गत आर्थिक वर्षमा पनि दुबैतर्फ गरेर एक करोड रुपैयाँ लागतमा खोलाको किनारमा वाल निर्माणको काम भएको थियो । धमिलो कर्रा खोलालाई सुन्दर बनाउँदै वाकिङ् ट्रयाक, साइकलिङ् ट्रयाक, फूलैफूल रोपेर झकिझाउ पारिने महतले बताए ।कर्रा पुल मुनीबाट सुरु गरिएको काम कर्रा खोलाको सिरानसम्म काम गर्ने गरी तयारी गरिएको छ । बहुवर्षे योजनाअनुसार काम गरिँदै लगिने छ ।

चालु आर्थिक वर्षमा  गरिने कर्रा करिडोरको मेयर महतले शिलान्यास गरेका छन् । कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देललगायतको आतिथ्यता रहेको थियो । हेटौंडाका दुबै वडाका कर्रा खोलाको किनारबाट करिडोर निर्माण गर्न लागिएको मेयर हरिबहादुर महतले बताए । हेटौंडाको कर्रालाई पहिले भइरहेको अवस्थाबाट पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्दै घुम्न, हिँड्न र साइकलिङ् ट्रयाकका रुपमा निर्माण गर्न लागिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*