हेटौंडाका विद्यालयमा बालबालिकालाई मोडेर्ना खोप लगाइने

साझाकुरा
२०७८ मंसिर २९, बुधबार ११:३३

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाले विद्यालयमै गएर बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको मोडेर्ना खोप लगाउने भएको छ । उपमहानगरपालिका क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयमा गएर कोरोनाविरुद्ध मोडेर्ना खोप लगाइने भएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए । उनका अनुसार, १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको मोडेर्ना खोप लगाइने भएको हो ।

त्यसका लागि विद्यालयका स्वास्थ्य शाखाबाट सबै तयारी भइरहेको उनको भनाई छ । कोरोनाको नयाँ भेरिएन्टबाट बच्नका लागि पनि अपनाउनुपर्ने साबधानीका विषयमा प्रचारप्रसार गरिएको र किशोरकिशोरीहरुलाई पनि खोप दिन लागिएको उनले बताए । अमेरिकी कम्पनी मोडेर्नाको थप १४ लाख ९७ हजार मात्रा खोप नेपाल ल्याइएको छ । विद्यालयहरूमा रहेको विद्यार्थी संख्याका आधारमा खोप पठाइँदै छ । यसपटक अस्पतालबाहेक विद्यालय नै खोप केन्द्र रहनेछ । त्यही अनुसार आगामी पुस ४ गते विद्यालयहरुमा गएर खोप लगाइने हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख भोला चौलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*