हेटौंडेली अनराजले ल्याए ‘अलराइट’

साझाकुरा
२०७८ पुष ३, शनिबार १३:३४

हेटौंडा÷हेटौंडेली गायक अनराज तामाङले आफ्नो १२ औं गितको रुपमा ‘अलराइट’ गित बजारमा ल्याएका छन् । गायक तामाङले शुक्रबार ‘अलराइट’ गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । उनले गितको भिडियो युट्युब च्यानल अनराज तामाङमार्फत् सार्वजनिक गरेका हुन् । तामाङले यसअघि सोल्टिनी, हिमाली छायाँ, सिमसिमे पानी लगायतका चर्चित गायनमा स्वर भरिसकेका छन् ।  मोडलहरु विना राउत, पुजा श्रेष्ठ, बिनु शाक्यसँगै गायक तामाङले कम्मर मर्काएको म्युजिक भिडियोमा निर्देशन एवं सम्पादन फराज अर्पण र कोरियोग्राफी प्रविण तामाङले गरेका छन् । कक्षा ६ मै ब्याण्ड बनाएर सांगीतिक यात्रा सुरु गरेका मकवानपुरे गायक तामाङले ‘दी एबिएस ब्याण्ड’ पनि बनाएका  थिए ।

सन् २०१३ मा दी एबिएस नामक सोलो एल्बम बजारमा ल्याएका तामाङले ७ वर्षपछि सांगीतिक कोशेली दर्शकसामु पस्किएका हुन् । मकवानपुर तामाङ साँस्कृतिक घेदुङका संस्थापक एवं गायक सुर्य तितुङको प्रमुख आतिथ्यमा भएको गितको भिडियो सार्वजनिक कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय सदस्य सुनिल मोक्तान, बागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलान, बागमती प्रदेश सचिवालय सदस्य सुवास लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामालगायतकाहरुको उपस्थिति  रहेको थियो ।

मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष धिरेन लामा लगायतले गित–संगीत क्षेत्रको धेरै महत्व रहेको भन्दै म्युजिक भिडियो र गायक तामाङको गित–संगीतबारे मन्तव्य राखेका थिए । कार्यक्रममा कलाकार अविराम मोक्तान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरका अध्यक्ष अशोक सुजन श्रेष्ठ, तामाङ पत्रकार समूह बागमति प्रदेशका कोषाध्यक्ष दिलबहादुर लामा, रविन्द्र बज्राचार्य लगायतको आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*