सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु

साझाकुरा
२०७८ पुष ४, आईतवार १७:१४

हेटौडा-प्रधानमन्त्रीनिवास बालुवाटारमा  सर्वदलीय बैठक सुरु भएको छ। सत्तासाझेदार दलहरूको बैठक सकिएलगत्तै सर्वदलीय बैठक सुरु भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल गर्न आइतबार सर्वदलीय बैठक बोलाएका हुन्।

सर्वदलीय बैठकअघि बालुवाटारमा एमसीसीका विषयमा सत्ता गठबन्धनमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले सहभागी नहुने घोषणा गरिसकेको छ। बैठकमा एमालेबाहेक प्रतिनिधिसभामा रहेका अरु दलका नेताहरु सहभागी छन्। (रासस)

यसमा तपाइको मत

Your email address will not be published.


*