त्रिभुवनमा निःशुल्क स्वास्थ्य शिविर

साझाकुरा
२०७८ पुष ६, मंगलवार ०९:४३

हेटौंडा- त्रिभुवन माध्यमिक बिद्यालय हेटौँडा ११ नवलपुरमा छहारी युवा सेवा समाजको आयोजनामा विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि निशुल्क स्वास्थ्य शिविर आइतबार सञ्चालन भएको छ । वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर हरि बहादुर खड्का साथै डाक्टरहरू सगुन थापा, नेहा गुप्ता र अन्य स्वास्थ्यकर्मीको संलग्नतामा स्वास्थ्य परीक्षण कार्यक्रम भएको थियो । स्वास्थ्य परीक्षणमा २६५ जना विद्यार्थीहरू सहभागी भएका थिए । बरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर हरि बहादुर खड्काको प्रमुख आतिथ्यता र विद्यालय प्रधानाध्यापक नारायण प्रसाद भण्डारीको विशिष्ट आतिथ्यतामा सम्पन्न स्वास्थ्य शिविर समापन कार्यक्रममा संलग्न स्वास्थ्यकर्मी तथा सहयोगीहरूलाई प्रमाणपत्रका साथ सम्मान गरिएको थियो । क्लब अध्यक्ष गोकुल  बिँडारीको सभाध्यक्षतामा भएको उक्त कार्यक्रम सुदीप श्रेष्ठले सञ्चालन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*