बागमती सरकारले संघीयता धरापमा पारेको आरोप लगाउँदै एमालेद्वारा प्रदेशसभा बैठक अवरुद्ध

साझाकुरा
२०७८ पुष ७, बुधबार १६:५८

हेटौंडा– बागमतीको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । संघीयता नै धरापमा पार्ने काम गठबन्धन सरकारबाट भइरहेको भन्दै एमालेले सच्चिन आग्रह गरेको छ ।

बुधवार दिउसो आह्वान गरिएको बैठक १० मिनेट सञ्चालन भएर एमालेको अवरोधपछि स्थगित गरिएको छ । सभामुख सानुकुमार श्रेष्ठले भोली बिहीवार बिहान ११ बजेका लागि बैठक स्थगित गरेको बताएका छन् ।

प्रदेशसभा बैठकमा विशेष समयमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले बोलेका थिए । उनले १४ वटा मन्त्रालय बनाउनुको औचित्य पुष्टि गर्न चेतावनी दिए । पौडेलले सरकार जनभावना विपरित अगाडि बढेको भन्दै सच्चिन आग्रह गरेका छन् ।

पौडेलले प्रदेशसभालाई सम्बोधन गरेपछि एमालेका सांसदहरु उठेर बैठक अवरुद्ध गरेका थिए । प्रदेशमा १४ वटा मन्त्रालय बनाएर अस्वभाविक खर्च बढाएको, आफ्नो दलको कमिटी विस्तार नहुने वडामा सरकारले बजेट नहाल्ने मुख्यमन्त्रीको अभिव्यक्ति र प्रदेशको महत्वका योजनाको कटौती गरेको भन्दै एमालेले प्रदेशसभा अवरुद्ध गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*