जिल्ला अधिवेशनको तयारीमा जुट्यो एमाले

साझाकुरा
२०७८ पुष ८, बिहीबार १२:५५

हेटौंडा-नेकपा एमाले मकवानपुर जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । पुस २३ र २४ गते हुने जिल्ला अधिवेशनका लागि एमाले तयारीमा जुटेको हो । अधिवेशनका लागि बुधबार एमाले मकवानपुरको बैठक भएको छ ।  बैठकले अधिवेसनमा प्रतिनिधि आउनका लागि नियम समेत बनाएको छ । जिल्ला अधिवेशनमा ८ सय प्रतिनिधि आउने अनुमान गरिएको छ । प्रतिनिधि आउँदा मकवानपुर जिल्लाका एक सय २ वटा वडाबाटनै यही पुस १६ गते छनौट गरिसक्नुपर्ने एमाले मकवानपुरका सचिब एकालाल श्रेष्ठले जानकारी दिए ।

एमाले मकवानपुरका अध्यक्ष बद्रीप्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी स्थायी कमिटीका सदस्य तथा प्रदेश ईन्चार्ज काशिनाथ अधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना, केन्द्र्रीय सदस्यहरु कृष्णप्रसाद दाहाल, जुनेली श्रेष्ठ, भारती पाठक, प्रदेश अध्यक्ष केशव पाण्डे, सचिव विजय सुवेदी, उपसचिव महेश बर्तौला, पार्टी नेताहरू अनन्त पौडेल, रामचन्द्र राई, रघुनाथ खुलाल, बलराम बललगायतको आतिथ्यता रहेको थियो ।

प्रतिनिधि छनौट गर्दा एमालेले खुल्लामा ३० जना संगठित सदस्य बराबर एक, महिलाको २० जना संगठित सदस्य बराबर एक प्रतिनिधि, १० जना दलित प्रतिनिधि बराबर १ प्रतिनिधि, एउटै पालिकाबाट ३ जनाभन्दा बढी दलित प्रतिनिधि आउने भएमा १ महिला अनिवार्य हुनुपर्ने सचिव श्रेष्ठले बताए । प्रतिनिधि छनौटको सहजीकरण जिल्ला सदस्यले गर्ने छन् ।  यही पुस १९ गतेभित्र छनौट भएका प्रतिनिधिको बिवरण पठाउनुपर्ने छ । पालिका कमिटीले प्रतिनिधिको प्रमाणिकरण  गरि पठाउनुपर्ने, अरु थप केही निर्णय गर्न सचिवालयलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय भएको छ । नविकृत सदस्यतानै प्रतिनिधि छनौटको आधार रहेको छ । यसैगरी बैठकले आर्थिक ब्यवस्थापन प्रतिनिधिबाट शुल्क उठाउने आयोजक सदस्यले १ हजार रुपैयाँ र छनौट भएर आउने प्रतिनिधिले ५ सय रुपियाँ बुझाउनुपर्ने छ ।

जिल्ला सम्मेलनको लागि १० वटा उपसमिति गठन गरिएको उहाँले जानकारी दिए ।  राजनितिक तथा सांगठनिक प्रतिवेदन उपसमिति संयोजक अध्यक्ष बद्री लम्साल, खाना तथा नास्ता व्यस्थापन संयोजक र आर्थिक व्यवस्थापन संयोजकमा गोपाल श्रेष्ठ, प्रतिनिधि व्यवस्थापन उपसमिति संयोजकमा एकालाल श्रेष्ठ, स्वास्थ्य उपसमिति संयोजक लालबहादुर थापा, आर्थिक प्रतिवेदन लेखन उपसमिति र  प्रचार उपसमिति संयोजकमा संयोजक नवीन सिग्देल, स्वयम्  सेवक उपसमिति संयोजक सुनिल मुक्तान, हल तथा मंच ब्यवस्थापन उपसमिति संयोजक फुर्वादोर्जे
लामा, सांस्कृतिक उपसमिति संयोजकमा आशाकाजी श्रेष्ठ रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*