बागमती प्रदेशका नवनियुक्त मन्त्री र राजयमन्त्रीले लिए शपथ

साझाकुरा
२०७८ पुष ९, शुक्रबार १९:३५

हेटौंडा – बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ लिएका छन्। प्रदेश प्रमुख यादव शर्माले तीन मन्त्रीहरू तथा मुख्यमन्त्री राजेन्द्र पाण्डेले तीन राज्यमन्त्रीहरूलाई शुक्रबार बेलुका शपथ ग्रहण गराएका छन्।मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाली कांग्रेसबाट तीन जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गर्दै चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। आज थपिएका मन्त्रीहरूमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेल छन्। यस्तै, राज्यमन्त्रीहरूमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य छन्।

 

यसमा तपाइको मत

Your email address will not be published.


*