हेटौंडामा फोरजी नेटवर्क चल्ने बारफोन

साझाकुरा
२०७८ पुष १३, मंगलवार ११:५१

हेटौंडा-फोरजी नेटवर्क चल्ने बारफोन (किप्याड) मोबाइल फोन हेटौंडामा आएको छ । यस बारे मोबाइल व्यवसायीको उपस्थितिमा मोवाइल बारे  जानकारी दिइएको छ । एनेर्गिजेरले नेपालको लागि आधिकारिक बिक्रेता एरियल नेपालले एनाजाइजर नामक मोवाइल (बारफोन) तथा अर्वान कम्पनीका स्र्माट घडीहरु र फक्सिन ब्राण्डका डाटाकेबल, एयरफोन, पावर बैंक, हेडसेट, जस्ता एसोसिरिज उत्पादन गरी बजारमा ल्याएको कम्पनीका एरियल नेपालका नेशनल सेल्स म्यानेजर कृष्ण अग्रवालले जानकारी दिएका छन् । उनले बारफोन सेटमा फोरजी नेटवर्कसहित युट्युब, गुगल, फेसबुक र वाट्सअफ समेत प्रयोग गर्न मिल्ने सुविधा रहेको बताए ।

हेटौंडाका लागि मोबाइल सेटको लागि शुभलक्ष्मी मोवाइल आधिकारिक बिक्रेता भएको छ । यसैगरी एसोसेरिजको न्यु हेटौंडा मोबाइल सेन्टर रहेको जनाएको  छ ।  डिलर एसोसिएसन मकवानपुरका संयोजक रोहिनी प्रसाद गौतमको अध्यक्षता तथा मकवानपुर मोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष दिनेश लामाको प्रमुख अतिथ्यतामा मोबाइल फोन र एसोसिरिज बारे जानकारी  दिइएको हो । कार्यक्रममा कम्पनीका अप्रेसन म्यानेजर प्रनव तोदीले उत्पादित वस्तुका सेवा सुविधा, महत्व र विशेषताबारे जानकारी गराए । उनले तीन वटा मोवाइल सेट बजारमा ल्याएको जसमध्ये इ २४ स्मार्ट फिचर भएको फोन सेट जसमा फोरजी नेटवर्क, गुगल चल्ने, डबल क्यामरा, युट्युव, फेसबुक र वाट्सअफ समेत प्रयोग गर्न सकिने बताए ।  एक सय २५ वर्ष  पुरानो ब्राण्डमा रहेको एनाजाइजर मोवाइल एक वर्षभित्र विग्रेमा कम्पनीले फिर्ता लिएर नयाँ  सेट ग्राहकलाई दिने समेत जनाएको छ । उनले अर्वन ब्राण्डका विभिन्न स्र्माट घडीलगायत अन्य उत्पादन बारे जानकारी दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*