नीति तथा योजना आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त

साझाकुरा
२०७८ पुष १५, बिहीबार ०९:५७

हेटौंडा-बागमती प्रदेशको नीति तथा योजना आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त भएका छन् ।  बागमती सरकार मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा चितवनका डा.कृष्णराज पन्त र सदस्यहरुमा मकवानपुरका प्रह्लाद लामिछाने र भक्तपुरका राजु नेपाललाई नियुक्त गरेको हो । नियुक्त गरिएका पन्त, लामिछाने र नेपाललाई बुधबार मुख्यमन्त्री राजेन्द्र पाण्डेले सपथ गराएका छन् । आयोगमा अझै एक महिलासहित एक जना विज्ञबाट सदस्य मनोनीत हुन बाँकी छ ।  केही दिनमा बाँकी सदस्य मनोनित हुनेबारे सत्तारुढ दलका नेताहरुबीच छलफल जारी छ । उपाध्यक्ष पन्त नेकपा (एकीकृत समाजवादी), सदस्य लामिछाने माओवादी र अर्का सदस्य नेपाल कांग्रेस निकट हुन् । यसअघि पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले हालका राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटालाई उपाध्यक्ष नियुक्त गरेका थिए ।  करिब दुई वर्ष आयोगको उपाध्यक्ष रहेका देवकोटाले पौडेल मुख्यमन्त्री भइरहकै अवस्थामा  राजीनामा दिएपछि आयोगका तत्कालीन सदस्य श्याम बस्नेतलाई कार्यवहाक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*