किसान कल्याणको कारोबार ८ करोड

साझाकुरा
२०७८ पुष १६, शुक्रबार १२:५४

हेटौंडा-किसान  कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक  साधारणसभा भएको छ ।  हेटौंडा–८ कमानेमा संचालित सहकारीले संस्थाले गत आर्थिक वर्ष २०७७÷०७८ मा ८ करोड २१ लाख ६८ हजार रुपैयाँ कारोबार गरेको छ । संस्थाका अध्यक्ष मोतिलाल लामाले संस्थाको प्रगति प्रतिवेदन पेश गर्दै गत असार मसान्तसम्म संस्थामा १ हजार २ सय २० जना सेयर सदस्य रहेको जानकारी दिए ।

सहकारीको शेयर पुँजी ९१ लाख २० हजार रुपैयाँ रहेको छ । संस्थाले केही समयमा नै तेल उद्योग स्थापना गरेरे चालु आर्थिक वर्षमै तेल बिक्रिबाट ३५ लाख रुपैयाँको कारोबार गर्ने लक्ष्य लिएको छ । उद्योग स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाइएको लामाले बताए ।  सहकारीका अध्यक्ष लामाको सभाध्यक्षता भएको साधारणसभामा प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायण देवकोटाको प्रमुख आतिथ्यमा साधारण सभा आयोजना भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य गणेश कुमारी श्रेष्ठ, हेटौंडा–८ का वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठ, वडा सदस्यहरु, राष्ट्रिय सहकारी बैंकका मकवानपुर शाखा प्रवन्धक रामेश्वर अर्याल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपानेको पनि आतिथ्य रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*