माओवादीले निर्वाचनलगत्तै विशेष महाधिवेशन गर्ने

साझाकुरा
२०७८ पुष १६, शुक्रबार १६:३६

नेकपा माओवादी केन्द्रले निर्वाचनलगत्तै विशेष महाधिवेशन गर्ने भएको छ। पार्टीको जारी महाधिवेशनमा जवाफ दिँदै प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरुका तर्फबाट उठेका जिज्ञासा, सुझाव तथा छुटेका पक्षहरुलाई समेटेर पूर्णता दिने बताएका छन्। उनले सबै पक्षलाई समेटेर प्रतिवेदनमार्फत ठोस विचारको विकास गर्न विशेष महाधिवेशन आयोजना गर्ने बताए।

विचारको विकासका लागि अझै अध्ययन, अनुसन्धान तथा बहस आवश्यक भएको र यो महाधिवेशनले प्रतिवेदनमार्फत त्यसको सुरुवात गरेको उनको भनाइ छ। उनले अहिलेको दस्तावेजलाई पूर्ण दस्तावेजका रुपमा नबुझ्न समेत आग्रह गरे।

 

यसमा तपाइको मत

Your email address will not be published.


*