प्रतिष्ठानलाई जिल्ला स्तरीय भलिवलको उपाधि

साझाकुरा
२०७८ पुष १८, आईतवार १२:३२

हेटौंडा-मकवानपुरगढी गाउँपालिकामा भएको जिल्ला स्तरीय रनिङ शिल्ड भलिवलको उपाधि थाहा नगरपालिकाको सहिद सुनिता स्मृति प्रतिष्ठानले जितेको छ । मकवानपुरगढी गाउँपालिका –५, स्थित धादिङ खेल मैदानमा शनिबार भएको फाइनलमा आयोजक आमभञ्ज्याङ युवा क्लबलाई पराजित गर्दै प्रतिष्ठानले पहिलो रनिङशिल्ड उचालेको हो । सेमिफाइनलमा आग्रा खेलकुद विकास समितिलाई हराएर फाइनल पुगेको आयोजकलाई प्रतिष्ठानले सोझो सेटमै निरीह बनाएको थियो ।

खेल २५–१७, २५–१६ र २५–१८ को सोझो सेटमै प्रतिष्ठानले जितेको हो । प्रष्तिष्ठानले शुक्रबार भएको सेमिफाइनलमा हेटौंडाको छहारी युवा सेवा समाजलाई सोझो सेटमै निरीह बनाउँदै उपाधि नजिक पुगेको थियो । उपाधि विजेता प्रतिष्ठानले नगद ६६ हजार ६ सय ६६ रुपैँया नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पायो । उपविजेता बनेको आयोजक आमभञ्ज्याङले ३३ हजार ३ सय ३३ रुपैँया नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगितामा तेश्रो स्थानका लागि शनिवार बिहान भएको खेलमा आग्रा खेलकुद विकास समितिले जित निकालेको छ । आग्राले नगद १५ हजारनगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउँदा छहारीले चौथो हुँदै ५ हजारमाचित्त बुझायो । प्रतियोगितामा आग्राका सविन कार्की वेष्ट ब्लकर हुँदा प्रतिष्ठानका राजकुमार कर्मचार्य वेष्ट सेटर, आमभञ्याङका आषिश घलान वेष्ट स्पाईकर तथा प्रतिष्ठानका राजा राम घलान वेष्ट प्लेयर भए ।

विद्यागत रुपमा उत्कृष्ट भएका खेलाडीहरुले जनही नगद पाँच हजार नगदसहित ट्रफि पाए । प्रतियोगितामा विजेता तथा उपविजेतालाई मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताको अबसरमा तत्कालीन आमभञ्ज्याङ गाविसमा भलविल खेलको सुरुवात गर्ने शम्भु हुमागाईं, अर्जुन हुमागाईं, इन्द्रप्रसाद सञ्जेल, स्वर्गीय लक्ष्मण सञ्जेललगायतलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट धमेन्द्र दहाल पुरस्कृत भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*