पाञ्चायनको शेयर पूँजी एक करोड ५८ लाख

साझाकुरा
२०७८ पुष १८, आईतवार १२:५७

हेटौंडा-हेटौंडा–४ कान्तिराजपथमा संचालित पाञ्चायन बचत तथा ऋण सहकारी संस्था लि.ले गत आर्थिक वर्ष २०७७ साउन देखि २०७८ असारसम्म एक करोड ५८ लाख ५८ हजार ६ सय रुपैयाँ शेयर पूँजी लगानी गरेको छ । शनिबार सम्पन्न सहकारीको बाह्रौं साधारणसभामा प्रस्तुत गरिएको बार्षिक प्रतिवेदनअनुसार ७ सय २० जना शेयर सदस्यबाट संकलित शेयर पूँजी एक करोड ५८ लाख ५८ हजार ६ सय रहेको उल्लेख छ ।

अघिल्लो आवमा १ करोड ३२ लाख ३१ हजारबाट २६ लाख २७ हजार ६ सय बृद्धि गरेर एक करोड ५८ लाख ५८ हजार ६ सय पु¥याएको अध्यक्ष प्रेमलाल श्रेष्ठले बताए ।
सहकारीले कोरोना महामारीका कारण पुस १४ देखि १७ गतेसम्म विभिन्न चरणमा शेयर सदस्यलाई भेला गराएको थियो । सहकारीले न्यूनतम शेयर रकम एक हजारबाट ५ हजार पु¥याइसकेको र अब १० हजार पु¥याउने तयारीमा रहेको सहकारीका अध्यक्ष श्रेष्ठले जानकारी दिए । सहकारीले शेयर सदस्य ७ सय २० बाट आगामी आवमा एक हजार ५० पु¥याउने लक्ष्य लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*