हेटौंडाको कर्जा लगानी ४६ करोड ३४ लाख

साझाकुरा
२०७८ पुष १८, आईतवार १२:५९

हेटौंडा-हेटौंडा–७, नागस्वतीस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ४६ करोड ३४ लाख कर्जा लगानी  गरेको छ ।  शनिबार सम्पन्न सहकारीको २२ औं साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार गत आवमा सहकारी ४६ करोड ३४ लाख कर्जा लगानी गरेको हो । यसैगरी बचत ४४ करोड ७५ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को अन्तिम हिसावमा सहकारीको बचत ४४ करोड ७५ लाख रुपैयाँ उल्लेख छ ।

सहकारीको शेयर सदस्य ५ हजार ६ सय ७ जना हुँदा शेयर पुँजी ३ करोड ८७ लाख रुपैयाँ पुगेको छ । सहकारीका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष  नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यमा भएको साधारणसभामा असल बचतकर्ता, असल ऋणीलाई सम्मान गरिएको थियो ।  सहकारीले उत्कृष्ट कर्मचारीको रुपमा प्रशासन तथा ऋण शाखाकी प्रमुख रिता पौडेललाई सम्मान गरेको छ । साधारणसभाले नयाँ सञ्चालक समितिसमेत चयन गर्नेछ ।  साधारणसभाको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य देवराज रिमाल, हेटौंडा–७ का वडा अध्यक्ष राजन थापा, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठको पनि आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*