मन्त्रालय फुटाउनु जनताको हितविपरित भएको शाक्यको आरोप

साझाकुरा
२०७८ पुष १९, सोमबार १३:२५

हेटौंडा-नेकपा एमालेको उपाध्यक्ष एवम् बागमती प्रदेश पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारले मन्त्रालय फुटाएर जनताको हित विपरित काम गरेको आरोप लगाएकी छन् ।  दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरेर खर्च बढाउँदै जनतालाई आर्थिक भार मात्र हुने काम वर्तमान  सरकारबाट भएको उनले टिप्पणी गरिन् ।  शाक्यले अहिलेको सरकारले खर्च मात्र बढाउन र आफ्नो स्वार्थ पुरा गर्न मन्त्रालयहरु थप गरेको बताइन् । उनले भनिन् ‘अहिलेको सरकारले आफ्नो स्वार्थ पुरा गर्नको लागि मात्र मन्त्रालय बढाईरहेको छ, खर्च बढाईरहेको छ । जनताको हितमा छैन् ।

यो अत्यन्तै गलत कार्य हो ।  यसले मुलुकलाई अगाढी बढाउन सक्दैन् ।’ शाक्यले कम्युनिस्ट आन्दोलनमा नख्खु जेल ब्रेक गरेर निस्केका नेताहरुलाई फाखेलले  संरक्षण दिएको भन्दै सम्मान व्यक्त गरिन् । उनले केही महिनामै आफुहरुले संघर्षशील योद्धा पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताउँदै पुष्तकमा कम्युनिस्ट ९१ वर्षीय सानुकान्छा लामा र स्वर्गीय  वीरबहादुर लामाको योगदानको चर्चा हुने बताइन् । उनले कम्युनिस्ट आन्दोलनले देशमा आमुल परिर्वतन आएकोसमेत बताइन् ।\ उनले जनताको हितमा काम गर्ने पार्टी एमाले मात्र भएको बताइन् । उनले एमालले राष्ट्र र राष्ट्रियताको सवालमा बोल्ने देखि जनताको दुःखमा बोल्ने गरेको बताइन् । उनले स्थानीय, प्रदेश र केन्द्र तीनै तहको निर्वाचनको कुरा उठिरहेको बताउँदै तयारी अवस्थामा रहनुपर्ने बताइन् । उनले पार्टीको सबै संगठनहरुलाई बलियो बनाउन र निर्वाचनको तयारी अवस्थामा रहन निर्देशन दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*