मकवानपुरबाट दुई महिला माओवादी केन्द्रीय सदस्य

साझाकुरा
२०७८ पुष २०, मंगलवार ११:२३

हेटौंडा-मकवानपुरका दुई नेता नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य चयन भएका छन् ।  केन्द्रीय सदस्य चयन हुनेमा दुबै जना महिला रहेका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मकवानपुरबाट कुमारी मोक्तान र मनकुमारी नेपाली चयन भएका हुन् ।  माओवादी अध्यक्ष प्रचण्डले आइतबारको बन्दसत्रमा १११ जनासहित उनीहरुको नाम घोषणा गरेका हुन् । बागमती प्रदेशसभा सदस्य एवम् सामाजिक विकास मन्त्रीसमेत रहेकी मोक्तान जनजाति महिला कोटाबाट केन्द्रीय सदस्य बनेकी हुन् । नेपाली दलित कोटा बाट केन्द्रीय सदस्य बनेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*