एमाले मकवानपुर अधिवेशनको तयारी तीब्र

साझाकुरा
२०७८ पुष २२, बिहीबार १२:१२

हेटौंडा-नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशनका लागि तयारी तीब्र पारिएको छ ।  मकवानपुरका दश वटै स्थानीय तहबाट प्रतिनिधि  छानिएका छन् । जिल्ला कमिटीका सदस्यहरु र प्रतिनिधि समेत  गरेर ८ सय जना रहेका छन् । एमालेले देशैभरी अधिवेशन गर्ने कार्यक्रम अनुसार मकवानपुरमा पनि यही पुस २३ र २४ गते अधिवेशनबाट सर्बसम्मतबाट जिल्ला कमिटी निर्माण गर्ने तयारी भएको एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले बताए ।  अधिवेशनको सबैजसो तयारी पुरा भएको र आगामी कार्यकालका लागि सक्षम नेतृत्व चयन गरिने उनले जानकारी दिए । अहिले दुइवटा प्यानल भन्दा पनि सर्बसहमतीका लागि प्रयास  गरिएको उनले बताए ।

एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिब, उपसचिब दुइजनासहित एक सय ५ जनाको कमिटी चयन गर्ने उनले बताए । एमाले मकवानपुरको अधिवेशनका लागि बर्तमान सचिब एकालाल श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटी निर्माण गर्नका लागि सर्बसम्मतको प्रयास भइरहेको नेताहरुले बताएका छन् । यसअघि माधब नेपाल समुह छुट्टिएर गएपछी संकटको समयमा अध्यक्ष बन्नु भएका श्रेष्ठलाई अधिवेशनले सर्बसम्मतबाट अध्यक्ष बनाउने प्रयास भइरहेको नेताहरुले बताएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*