नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास

आज एमाले मकवानपुरको जिल्ला अधिवेशन
साझाकुरा
२०७८ पुष २३, शुक्रबार १२:४६

हेटौंडा-नेकपा एमाल मकवानपुरको जिल्ला अधिवेशन आज पुस २३ गतेबाट सुरु हुँदैछ । अधिवेशन निर्वाचन प्रक्रियासहित पुस २४ गते हुनेछ ।  जिल्ला अधिवेशनको तयारी पुरा भइसकेको एमाले मकवानपुरले जनाएको छ । अधिवेशनका लागि सबैजसो काम गरिएको एमालेले जनाएको छ । अधिवेशनबाट सर्बसहमतीबाट नेतृत्व, पदाधिकारी र सदस्यहरु चयन गरिने नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुरका इन्चार्ज रामेश्वर रानाले बताए ।रानाले जिल्ला अधिवेशनपछि एमाले गाउँगाउँ गएर पार्टीका गतिविधिलाई तीब्रता दिने बताए । उनले अहिलेको सत्ता गठबनधन सरकार विकास निर्माणको कामलाई अघि बढाउन नसकेको टिप्पणी गर्दै नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको चाहाना एमालेले मात्र पुरा गर्न सक्ने बताए । हेटौंडा–५ स्थित जिल्ला पार्टी कार्यलय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै एमाले मकवानपुरको प्रचार विभागका नवीन सिग्देलले अधिवेशनबारे जानकारी दिए ।

उनले अधिवेशनको लागि जिल्लाभरबाट जिल्ला कार्यसमिति, प्रतिनिधि छनोट र मनोनित सहित गरेर ८ सय २ जना प्रतिनिधि रहेको बताए । उनले अधिवेशनको लागि १० उपसमितिहरु निर्माण गरेर काम भईरहेको र भोलि बिहान सम्म सम्पूर्ण तयारी पुरा हुने बताए । उनले एमाले अध्यक्ष केपी ओलीले पार्टीको ७७ वटै जिल्ला अधिवेशनलाई भोली दिउँसो  १२ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको  बताए ।  उनले अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरेर १ सय ५ सदस्यीय जिल्ला कमिटी निर्माण  गर्ने बताए । उनले सर्वसम्मतको तयारी भईरहेको र सर्वसम्मत नभए निर्वाचनको माध्यमबाट अधिवेशन सम्पन्न हुने बताए । उनले आउँदो दिनमा स्थानीय, प्रेदश र केन्द्रको निर्वाचन केन्द्रीत रहेर पार्टीको कामलाई अघि त्रढाउने समेत  बताए ।
एक सय ५ सदस्यीय
कमिटी बन्ने
अधिवशेनको लागि जिल्ला कार्यसमिति, प्रतिनिधि छनोट र मनोनीतसहित गरेर ८ सय २ जना प्रतिनिधि रहेका छन् । ९ हजार ५ सय पार्टी सदस्यता रहेको एमाले मकवानपुरको जिल्ला अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव एक अनिवार्य महिला गरेर १ सय ५ सदस्यीय जिल्ला कमिटी बन्दैछ ।  अधिवेशन अघि एमाले मकवानपुरले सदस्यता संख्याको आधारमा जिल्लाको स्थानीय तहहरुलाई जिल्ला सदस्यको संख्या छुट्याएको छ । कमिटीमा  सबैभन्दा बढी हेटौंडा उपमहानगर– पालिका भित्रका १० जना जिल्ला सदस्यमा पर्ने भएका छन् । ६  जना खुल्लाबाट र ४ जना
महिला अनिवार्य गरेर १० जना पर्ने भएका हुन् ।

यसैगरी जिल्लाको  उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका र पूर्वमा पर्ने बकैया गाउँपालिका भित्रका ६÷६ जना पर्ने भएका  छन् । जसमा ४ जना खुल्लाबाट र २ जना महिला अनिवार्य रहेको छ । जिल्ला सदस्यमा जिल्लाको मनहरी, कैलाश, बागमती, भीमफेदी र राक्सिराङ गाउँपालिकाबाट ५÷५ जना पर्ने भएको छ ।  जसमा खुल्लाबाट ४÷४ जना र महिला अनिवार्यबाट एकएक पर्ने भएका छन् ।
यसैगरी जिल्लाको मकवानपुरगढी र इन्द्रसरोवर गाउँपालिका भित्रका क्रमशः ४ जना र ३ जना पर्ने भएका जसमा एक–एक जना महिला अनिवार्य रहेको एमाले मकवानपुरले जनाएको छ ।
जिल्ला कमिटीमा मजदुरबाट ४ जना खुल्ला र एक जना महिला गरेर ५ जना, पेशागतबाट १ जना खुल्ला र एक जना महिला गरेर २ जना, दलित २ जना खुल्ला र एक जना महिला गरेर ३ जना, जनजाती, मुस्लिम र अल्पसंख्यकबाट ४ जना खुल्ला २ जना महिला गरेर ६ जना, अन्य खुल्ला १६ जना र महिला खुल्ला १४ जना गरेर १ सय ५ जनाको जिल्ला कमिटी बन्न लागेको एमाले मकवानपुरले जनाएको छ । १ सय ५ सदस्सीय कमिटीमा एमाले मकवानपुरले ३३ प्रतिशत महिला सदस्यताको सुनिश्चिता गरेको देखिन्छ ।

अध्यक्ष लम्साल, सचिव श्रेष्ठ बन्ने तयारी

जिल्ला अधिवेशनमा एमाले मकवानपुरको नेतृत्व लिन वर्तमान अध्यक्ष बद्री र लम्साल र सचिव एकलाल श्रेष्ठ तयारी अवस्थामा रहेका छन् । नेतृत्वको लागि वर्तमान अध्यक्ष लम्साल र श्रेष्ठले दाबी गर्ने बुझिएको छ ।  यसअघि लम्साल नेकपा विभाजन पछिको एमालेमा वरिष्ठ नेता माधव नेपालको पक्षमा खुलेका थिए भने श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुल्दै एमाले मकवानपुरको नेतृत्व सम्मालेका  थिए ।  तत्कालीन एमाले  वरिष्ठ नेता नेपालले एमाले त्याग गर्दै नयाँ पार्टी नेकपा (एकिकृत समाजवादी) गठन गरेपछि एमाले २०७५ जेठ २ मा फर्किएको थियो ।एमाले मकवानपुर पनि २०७५ जेठ दुईमा फर्किएपछि तत्कालिन एमाले मकवानपुरका जिल्ला उपाध्यक्ष लम्सालले एमाले मकवानपुरको नेतृत्व पाएका  थिए । गएको भदौ २६ गते लम्सालको अध्यक्षतामा बसेको जिल्ला कमिटी बैठकले जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*