गाउँका युवतीलाई ब्यूटीसियन तालिम

साझाकुरा
२०७८ पुष २३, शुक्रबार १३:०३

हेटौंडा-मकवानपुरगढी गाउँपालिकाको आयोजनामा २० जना युवतीहरुलाई तीन महिने ब्यूटिसियन तालिम दिइएको छ । विगतमा पशुपन्क्षी पालनमा तालिम दिँदै आइरहेको गाउँपालिकाले युवतीहरुलाई
स्वरोजगार बनाउन तालिम प्रदान गरेको हो ।  गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले बिहीवार गाउँपालिकाभित्रका २० जना युवतीहरुलाई दिइएको तालिम उद्घाटन गरेकी छन् ।
गाउँपालिकाको लघु उद्यम विकास शाखाले हेटौंडा–१ पिपलबोटमा रहेको आश्विनी ब्यूटिपार्लर तथा टे«निङ सेन्टरमा तालिम सुरुवात गरेको हो ।

दैनिक ४ घण्टा तालिम हुने जनाइएको छ । तालिम उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष रुम्बाले महिलाहरुले गाई, भैंसी, बाख्रा मात्रै पाल्ने नभई ब्यूटिसियन सिकेर  रोजगारीको अबसर र स्वरोजगार बन्नु पर्नेमा जोड दिएकी छन् । ‘महिलाहरुलाई पढाइ मात्र हैन, सीप पनि धेरै आवश्यक छ ।  विदेशमा सीप नसिकेका महिलाहरुले दुख पाइरहेको हामीले देखेकै छौं । विदे नै जानु पर्ने भएपनि सीप सिकेर जाँदा दुःख पाइँदैन् ।’ उनले भनिन्, ‘सीप सिके विदेश जानै पर्दैन महिलालाई सीपले  आफ्नै खुट्टा टेकेर आत्मनिर्भर बनाउँछ ।,’

भविष्य उज्यालो बनाउन सीप सिक्नुपर्ने उपाध्यक्ष रुम्बाको भनाई छ । ब्यूटिसियन सिकेपछि रोजगारी पाउनेदेखि  स्वरोजगार बनाउने भएकाले  राम्रोसँग तालिम लिन सहभागीलाई आग्रह गरेका छन् ।
तीन महिनासम्म दैनिक चारघण्टाका दरले तालिम दिएर सीप सिकाउने प्रयास गाउँपालिकाले गरेको कार्यालयका कर्मचारी प्रशासन शाखा प्रमुख तथा लघु उद्यम विकास शाखाका संयोजक सुर्यबहादुर गुरुङले बताए ।  तालिमको मुख्य प्रशिक्षक इन्द्राकुमारी तामाङ र सहायक प्रशिक्षक सरस्वती स्याङतान रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*