भारतमा एकै दिन १ लाखभन्दा धेरै संक्रमित

साझाकुरा
२०७८ पुष २३, शुक्रबार १३:१५

भारतमा एकै दिन एक लाखभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ लाख १७ हजार १० भन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको छ। यो बीचमा कम्तीमा ३०२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। भारतमा संक्रमण दर बढ्दै गएको छ। यो दर अहिले ७।७४ प्रतिशत पुगिसकेको छ। अहिलेसम्म भारतमा ३ हजारभन्दा बढीमा कोरोनाको नयाँ भेरिअन्ट ओमिक्रोन पुष्टि भएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*