दिव्यताराको लगानी ९१ करोड

साझाकुरा
२०७८ पुष २५, आईतवार ११:५२

हेटौंडा-जिल्लाकै ठूला सहकारीमध्ये एक दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ऋण लगानी ९१ करोड ३२ लाख गरेको छ । हेटौंडा–२, पल्पसारोडमा रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाले शनिवार २३ औं वार्षिक साधारणसभा गरेको छ । साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष महालक्ष्मी उपाध्याय डिनाले सहकारी बाट आर्थिक वर्ष २०७७÷०७८ भित्र शेयर सदस्यका लागि ९१ करोड ३२ लाख रुपैयाँ ऋण लगानी गरेको जानकारी दिएकी छन् । अध्यक्ष डीनाको सभाध्यक्षता तथा सहकारीकी ज्येष्ठ सदस्य आत्मादेवी कोइरालाको प्रमुख आतिथ्यमा  साधारणसभा भएको थियो ।

आर्थिक वर्ष २०७७÷७८ मा ८ हजार ७ सय ८६ जना शेयर सदस्य रहेको जनाइएको छ । सहकारीको सेयर पुँजी ११ करोड ४९ लाख रुपैयाँ रहेको जनाइएको छ । सहकारीले ५१ करोड ४२ लाख रुपैयाँ बचत संकलन गरेको छ भने ९१ करोड ३२ लाख ५६ हजार ९ सय ५५ रुपैयाँ ऋण लगानी गरेको छ । सभामा सहकारीले विभिन्न विधामा पुरस्कार तथा सम्मान गरेको छ । दोसल्ला ओढाएर जेष्ठ शेयर सदस्य मानबहादुर जिम्बा र मोहनदेवी डंगोललाई सम्मान गरिएको थियो । उत्कृष्ट बचतकर्तामा रम्मादेवी श्रेष्ठ, धनप्रसाद घर्तिमगर, सुरेश प्रसाद मैनाली, ईश्वरी ढकाल, जेनिशा खतिवडा, सुनित लामा, सोहम खड्कालाई सम्मान गरिएको थियो ।

उत्कृष्ट ऋणीमा  राजकुमार वाइवा र शर्मिला गोले रहेका छन् । उत्कृष्ट विद्यार्थी सम्मानमा श्रृष्टि चौलागाई, कन्चन अधिकारी, मिलिसा भेटवाल, एन्जिला थापा, स्वीकृति पौडेल, शशि ढकाल रहेका छन् । त्यसैगरी  सहकारीले संस्थामा कार्यरत २४ जना बजार प्रतिनिधिलाई सम्मान गरेको छ । सामुदायिक रेडियो समेत सञ्चालन गरिरहेको सहकारीले खाद्य तथा तेल उद्योग, सहकारी उपभोक्ता पसल, साबुन उद्योग, गोलभेँडा प्रशोधन केन्द्रपनि सञ्चालन गरिरहेको छ । हेटौंडामा मुख्य कार्यालय सञ्चालन गरी जिल्लास्थित हेटौंडा–१९ सान्नानीटार, हेटौंडा १८  रामधुनी, हेटौंडा १३ पदमपोखरी, हेटौंडा ८ कमाने, मकवानपुरगढी २ शिखरकटेरी, मनहरी ७, बागमती २ राइगाउँ, थाहानगर ३ शिखरकोट र इन्द्रसरोवर २ देवलटारमा सेवाकेन्द्र सञ्चालन गरि सेवा प्रदान गर्दै आइरहेको छ । मकवानपुरमा मात्र नभइ सहकारीले चितवनको भरतपुर १० चौविसकोठी र ललितपुर महानगर ४ बागडोलमा आफ्नो सेवा केन्द्र सञ्चालन गर्दै आइरहेको सहकारीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*