जनजागृतिको २२ औं अभिभावक भेला

साझाकुरा
२०७८ पुष २५, आईतवार १३:३५

हेटौंडा-हेटौंडा–१५,  रातोमाटेस्थित जनजागृति माध्यमिक विद्यालयको २२ औं अभिभावक भेला तथा ५० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा कक्षागत प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई पुरस्कारसमेत वितरण गरिएको  थियो । यसैगरी कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई छात्रवृत्तिस्वरुप ३० हजार रुपैयाँ बराबरको ५० जनालाई स्टेशनरी समान वितरण गरिएको खतिवडाले जानकारी दिए । भेलामा अभिभावकहरुले कोभिडका कारण खस्किएको शैक्षिक उपलब्धिलाई उकास्न शिक्षकले अहम् भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । विद्यालयका प्रधनाध्यापक दीपकलाल खतिवडाले विद्यालयको शैक्षिक गतिविधि प्रस्तुत गर्नुहुँदै आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ पनि सञ्चालन गरिने बताए । यस्तै अतिरिक्त क्रियाकलापलाई आगामी दिनमा कसरी अघि बढाउने जस्ता योजनाहरुसमेत प्रस्तुत गरेका छन् ।  विद्यालयको आयव्यय तथा आर्थिक प्रगति विवरण लेखापाल चन्द्रवती लामाले प्रस्तुत गरेकी थिइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर मोक्तानको सभाध्यक्षता तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । विद्यालयमा हाल ४ सय १८ जना विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*