मोतियाबिन्दुका ६८ बिरामी

साझाकुरा
२०७८ पुष २६, सोमबार १०:४९

हेटौंडा-रोटरी क्लब अफ मकवानपुर, रोटरी क्लब अफ काठमाडौं मिड टाउन र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा भएको आँखा शिविरमा मोतियाबिन्दुका ६८ जना बिरामी फेला परेका छन् ।  मकवानपुरको बकैया गाउँपालिका–१२, ठिंगन र सर्लाही जिल्लामा आयोजित निःशुल्क आँखा शिविरमा मोतियाबिन्दु भएका ६८ जना बिरामी भेटिएका हुन् ।  ठिंगनमा आयोजित शिविरमा ७८ जनाको आँखा  परीक्षण गर्दा १४ जनामा मोतियाबिन्दुका विरामी पहिचान भएको रोटरी क्लब अफ मकवानपुरका निर्वाचित अध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिए । सर्लाहीमा आयोजित शिविरमा एक सय ८६ जनाको आँखा परीक्षण गर्दा ५४ जनामा मोतियाबिन्दुको समस्या पाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*