डबल ब्ल्याकमा कफि पिउँदा स्कुटर जित्ने अफर १

साझाकुरा
२०७८ पुष २७, मंगलवार ०९:४८

हेटौंडा-डेढ सय रुपैयाँको कफि पिउँदा साढे २ लाख बराबरको स्कुटर र बिसौं हजार पर्ने मोबाइल पाइने अफर बारे थाहा पाउनु भएको छ ? हेटौंडामा भर्खरै खुलेको डबल ब्ल्याक खाजाले कफि पिउँदा स्कुटर, मोबाइल र पैसा जित्ने अफर ल्याएको छ । यो अफर काठमाडौंमा लागू भइरहेको थियो । अब डबल ब्ल्याकले हेटौंडामै पहिलो पटक कफि पिएर स्कुटर, मोबाइल र ५० हजार रुपैयाँसम्म पैसा जित्ने अफरको फ्रेन्चाइज ल्याएको छ ।  स्कुटरदेखि मोबाइल र पैसा जित्न डेढसय रुपैयाँको ‘अपाज’ कफि पिउनु पर्नेछ । कफि पिएपछि डबल ब्ल्याक खाजाले उपलब्ध  गराउने कुपन स्क्र्याच गरेपछि अफर खुलेको बेला पुरस्कार पाए÷नपाएको थाहा पाउन सकिन्छ ।

अफर करिब डेढ महिनापछि खुल्ने डबल ब्ल्याक खाजाका सञ्चालक किशोर ढुंगेलले जानकारी दिए । डबल ब्ल्याक खाजा हेटौंडा–१, चौकीटोलस्थित सडक छेउमै छ । पुरानो बसलाई खाजा घरको रुपमा प्रयोग गरिएको छ । बसभित्रै बनाइएको खाजा घरमा बसेर कफि पिउँदै स्कुटर, मोबाइल र पैसा जित्न सकिने खाजा घरका सञ्चालक ढुंगेलले बताए । उनका अनुसार एउटा कुपनले हिरो कम्पनीको प्लेजर स्कुटी, वन प्लस मोबाइल र पैसामध्ये एउटा पुरस्कार पाइने छ ।

पैसा १–१ जनाले ५० हजार र २० हजार, ३ जनाले १० हजार, ३ जनाले ५ हजार र ५ जनाले ३ हजार पाउने छन् । ‘कफि खाएपछि कुपन आउँछ । त्यो कुपनको नम्बर ओपाज कफि हाउसको वेभसाइटमा अपडेट  गरेपछि अफर खुल्दा पुरस्कार पाइने छ ।,’ सञ्चालक ढुंगानाले भने । डेढ सय रुपैयाँको कफि पिउँदा २० रुपैयाँ अनाथ बालबालिकाको सहयोगमा लगाउने ढुंगेल बताउँछन् ।
गत १० मंसिरबाट डबल ब्ल्याक खाजा खुलेको थियो । खाजा घरले विशेषतः नेवारी खाजा उपलब्ध गराउँदै आएको छ । सञ्चालक ढुंगेलले पिकनिक, बथ्र्रडे र क्यामफायरको व्यवस्थापन पनि मिलाउँदै आएको बताए । ढुंगेल र झुलेन्द्र श्रेष्ठले २० लाख लागतमा खाजा घर खुलेका हुन् । यहाँ एक पटकमा १८ जना सेवाग्राही अटाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*