सोमबार २० जना कोरोना संक्रमित थपिए

मकवानपुरमा तत्काल लकडाउन नहुने, परीक्षा संचालन भइरहेका विद्यालय बन्द नहुने
साझाकुरा
२०७८ पुष २७, मंगलवार ०९:५७

हेटौंडा-मकवानपुरमा कोरोना भाइरस संक्रमण पुनः बढ्दो दरमा छ । दिनप्रति दिन कोरोना संक्रमितको संख्या बढ्दो देखिन्छ ।  सोमबार ८५ जनामा कोरोना परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको छ । ४२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १३ जनामा र ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सात जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १३ जना र मनहरी गाउँपालिकाका सात जना रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ६ सय ४४ जना पुगेको छ ।  सोमबार दुई जना  कोरोनामुक्त भएका छन् । योसँग जिल्लामा कोरोना जित्नेको कुल संख्या १५ हजार ३ सय ३२ पुगेको छ । जिल्लामा हाल ७९ जना कोरोना भाइरस संक्रमणका सक्रिय संंक्रमित रहेका छन् । जसमध्ये चार जना संस्थागत आइसोलेसनमा र ७५ जना होमआइसोलेसनमा उपचाररत छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*