बागमती प्रदेशको मुख्यन्याधिवक्तामा श्रेष्ठ नियुक्त

साझाकुरा
२०७८ पुष २७, मंगलवार १४:५८

हेटौंडा – धादिङका श्याम श्रेष्ठ बागमती प्रदेशको मुख्यन्याधिवक्तामा नियुक्त भएका छन् । सोमबार उच्च अदालत पाटन इजलासका मुख्य न्यायाधीश नृपध्वज निरौलाले उनलाई शपथ गराएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रेष्ठलाई नियुक्त गरेका हुन् ।  प्रदेश प्रमुख यादवले संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यन्यायाधीवक्ता नियुक्त गरेका थिए । त्यसैगरी मुख्य न्यायाधीश निरौलाले मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवाका सर्तसम्बन्धी ऐन २०७५ को दफा १४ बमोजिम मुख्यन्यायाधिवक्तालाई शपथ  गराएका थिए ।(रासस)

यसमा तपाइको मत

Your email address will not be published.


*