मकवानपुका तीन क्रिकेट खेलाडी बागमती टिममा समेटिए

साझाकुरा
२०७८ पुष २८, बुधबार १२:४४

हेटौंडा-प्रधानमन्त्री टि–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिममा मकवानपुरका तीन खेलाडी समेटिएका छन् । बागमती प्रादेशिक क्रिकेट संघले सार्वजनिक गरेको खेलाडी नामावलीमा मकवानपुरका तीन जना समेटिएका हुन् । प्रदेश टिमका लागि ४ जना वैकल्पिक सहित १८ जना खेलाडी छनोट भएका छन् ।  मकवानपुर क्रिकेट टिमका कप्तानसमेत रहेका रामनरेश गिरी, उपकप्तान सुमन सुनार र रिजन ढकाल टिममा समेटिएका हुन् । गिरीले पछिल्ला ४ वर्षदेखि नियमित रुपमा बागमती प्रदेशको टिममा पर्दै आएका छन् । यस्तै रिजनले पनि यसअघि बागमती प्रदेशको टिममा स्थान बनाइसकेका छन् । मकवानपुरका उपकप्तान सुमन भने पहिलो पटक प्रदेशको टिममा परेका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल सहित १८ खेलाडीको छनोट भएका छन् । मकवानपुरका तीनैजना खेलाडी १४ जनाभित्र परेका छन् । टिममा मकवानपुरका ३ खेलाडी पर्दा काठमाडौंका ४, ललितपुरका ६, चितवनका २ तथा भक्तपुर, नुवाकोट र त्रिभुवन विश्वविद्यालय (टियू) का १÷१ जना खेलाडी परेका छन् ।संघले १८ खेलाडीको नाम घोषणा गर्दा भर्खरै सम्पन्न प्रधानमन्त्री टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको बागमती प्रदेश छनोटमा सहभागी खेलाडीहरुबाट छनोट गरेको जनाएको छ । छनोटमा सहभागी नभएका ज्ञानेन्द्र मल्ल र नन्दन यादव पनि प्रदेश टिममा परेका हुन् ।  उनीहरुलाई राष्ट्रिय टिमको बन्द सत्रबाट सोझै छनोट गरिएको उपाध्यक्ष क्षेत्रीले जानकारी दिए । राष्ट्रिय टिमका हालका कप्तान सन्दिप लामिछाने पनि प्रदेश भित्रकै भएपनि उनी नेपाल बाहिर रहेको र आउन समय लाग्ने भएकोले नाम नराखिएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*