बागमती पुलमा १० वर्षपछि गुड्न थाले सवारीसाधन

साझाकुरा
२०७८ पुष २८, बुधबार १२:४८

हेटौंडा-मकवानपुर–सिन्धुली जोड्ने बागमती पुल निर्माण सुरु भएको १० वर्ष ६ महिनापछि साना सवारी गुड्न थालेका छन् । मदन भण्डारी राजमार्ग (धरान–चतरा) सडक खण्ड अन्तर्गत पर्ने बागमती पुल निर्माणको ठेक्का स्वच्छन्द निर्माण सेवाले पाएको थियो । तीनवर्ष भित्र काम सक्नेगरी २०६८ असार २९ गते २० करोड ६२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको स्वच्छन्दले १० वर्ष ६ महिनापछि हाल साना सवारी गुड्न मिल्ने गरी पुल निर्माण सम्पन्न गरेको हो ।

पुलमा दुई पांग्रे र चार पांग्रे साना सवारी सजिलै चल्न थालेपछि अहिले मकवानपुर–सिन्धुली आवतजावतको दुरीसमेत छोटिएको छ । पुल निर्माण पुरा भएसँगै दोलखा, रामेछाप, काभ्रे, सिन्धुली र तराईका जिल्लाबाट हेटौंडा आउनसमेत सहज हुनेछ । आगामी बैशाख १५ गते पुल उद्घाटन गर्ने तयारीका साथ निर्माण कम्पनी हस्तान्तरण गर्न तयारी देखिएको छ । पुलबाट हाल दैनिक २ सयभन्दा बढी साना सवारीसाधन संचालन भइरहेका छन् ।

पुल समयमै निर्माण नहुँदा पुलमा भ¥याङको सहायता लिनु पर्ने समस्या थियो । पक्कि पुल पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदा बागमती नदी पार गर्नका लागि स्थानीयले पुलमा भ¥याङ लगाउनुपर्ने बाध्यता अब हटेको छ ।  पुल वारपार गर्न स्थानीयलाई भ¥याङको सहारा लिनुपर्ने बाध्यतासमेत भोग्नु परेको स्थानीयको गुनासो छ । पुलको दुबैतर्फको काम सम्पन्न नहुँदा बखत वारपार गर्न भ¥याङको सहारा लिएको समाचार धेरै संचारमाध्यमले सार्वजनिक गरेका थिए ।

एक दशकभन्दा बढी समयदेखि अलपत्र हुँदा पुल बन्दैन कि भन्ने स्थानीयलाई चिन्तासमेत थियो । तर, अब पुलमा ठूला सवारी साधन छिट्टै संचालन हुनेमा स्थानीय विश्वस्त छन् । तोकिएको समय अवधिमा काम नभएपछि २०७५ असोजसम्म म्याद थप गरिएपछि पुल बन्न झन ढिलाइ भएको हो ।

मुख्यमन्त्री पाण्डेद्वारा  निरीक्षण
मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पुल निर्माणबारे चासो लिँदै अनुगमन गरेका छन् । अनगुमनको क्रममा मुख्यमन्त्री पौडेलले राजधानी हेटौंडालाई पूर्वी जिल्लाहरुसँग जोड्न बागमती  ‘पुल निर्माण विविध कारणले ढिलाइ भएको छ ।’ उनले भने, ‘तर, अब पुलमा सबै किसिमका सवारीसाधन तत्काल संचालन गर्ने व्यवस्था मिलाइनु पर्छ ।’ अनुगमन क्रममा पुल निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका जयराम लामिछानेले पुलमा सामान्य यातायात सञ्चालन हुन सक्ने बताए ।

उनले भने, ‘यातायात सञ्चालनमा समस्या छैन, पुलमा सामान्य कालोपत्रे र पुलसँगै केही ड्याक बनाउने काम चाँडै सकिने छ, ३ वर्षसम्म अर्कै कम्पनीले काम गर्छु भनेर ढाँट्दा आफू पनि समस्यामा परेँ, अब काम करिब  करिब सकिएको छ ।’ पुल निर्माणको लागि फाउन्डेसन नै बदल्नु परेकाले पनि निर्माणमा ढिलाइ भएको लामिछानेले  बताए ।  पुल निर्माणका लागि चैत मसान्तसम्म सीमा थपिएको र सबै काम सकेर बैशाख १५ गते पुल शिलान्यास गर्नका लागि हस्तान्तरण गर्न आफू तयार रहेको लामिछानेले बताए । ‘दोलखा, रामेछाप र सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यहरु यही छोटो बाटो हुँदै माघ १२ गते हेटौँडामा हुने राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न आउन सक्छन् ?’ मुख्यमन्त्रीको प्रश्नमा लामिछानेले ‘कालोपत्रेका लागि एक दिन पुल बन्द हुन सक्छ, नत्र यातायात रोकिन्न ।’

यसमा तपाइको मत

Your email address will not be published.


*