मनकामनाले बेच्यो ६ करोड ९९ लाखको दूध

साझाकुरा
२०७८ पुष २८, बुधबार १३:१०

हेटौंडा-मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८÷०७९ मा ६ करोड ९९ लाख २४ हजार ९ सय ८८ रुपैयाँ बराबरको दूध बिक् मंगलबा सम्पन्न मनकामनाको ३४ औं वार्षिक साधारण सभा प्रस्तुत प्रतिवेदनमा सहकारीले ६ करोड ९९ लाख २४ हजार ९ सय ८८ रुपैयाँ बराबरको दूध बिक्री गरेको उल्लेख छ ।  मनकामनाले शेयर सदस्यलाई २ करोड ५० लाख ९८ हजार ४ सय ५६ रुपैयाँ कर्जा लगानी गरेको छ । ३ सय ७३ जना शेयर सदस्य रहेको संस्थाको १३ लाख ७३ हजार ६ सय शेयर पुँजी छ । संस्थामा बचत निक्षेप भने १  करोड ७३ लाख १४ हजार एक सय रहेको छ ।

संस्थाले आव २०७७÷ ०७८ को वार्षिक कारोबारसहित भावी कार्य योजनाहरु प्रस्तुत गर्दै सभा सम्पन्न गरेको छ । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी मन्त्रालयका राज्यमन्त्री इन्द्रमाया गुरुङको प्रमुख अतिथ्यता तथा संस्थाका अध्यक्ष अर्जुनप्रसाद  दहालको सभाध्यक्षतामा साधारणसभा भएको हो ।  साधारणसभाको अवसरमा सहकारीले दूध बिक्री गर्ने किसानलाई सम्मान गरेको छ । सबैभन्दा धेरै दूध बिक्री गर्ने ५ जनालाई दुधको क्यान पुरस्कार दिइएको छ ।  पुरस्कृत हुनेमा प्रथम प्रेमप्रसाद दहाल (३४ हजार ७ सय ८६.२), द्वितीय नरेन्द्र लम्साल (२४ हजार ४ सय ९२.३), तृतीय अर्जुनप्रसाद दाहाल  (२४ हजार २ सय ६७.३ लि),  चौथो उपेन्द्र प्रसाद दहाल (२० हजार १.१) र जनजाति तर्फबाट बढी बिक्री गर्ने सानुकान्छा वाईवा (१६ हजार ९ सय ८९.७ लि.) रहेका छन् ।

सहकारीले गुणस्तर दूध बिक्री गर्ने अनिता सापकोटा, असल ऋणी राधिका अर्याल, बढी कारोबार गर्ने शुभद्रा बजगाई र मुकुन्द प्रसाद दहालसमेत पुरस्कृत भएका छन् । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरे, सहकारीका सल्लाहकार बद्रीप्रसाद लम्साल, संस्थाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दहाल, पूर्व अध्यक्ष कृष्णप्रसाद पोखरेल, अनिरुद्रप्रसाद दहाल, सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल, हिमाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जानुका दहाल, भानु माविका अध्यक्ष मानकुमारी पाख्रिन, गाउँपालिकाका पशुशाखा प्रमुख सत्यनारायण शाह, रानी सामुदायिक वन समूहका उपाध्यक्ष केशव धिताल, संस्थाका उपाध्यक्ष केदार प्रसाद लम्साल, लेखा समिति संयोजक भोलाप्रसाद दहाल लगायतको अतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*