थाहा नगरको संशोधित बजेट १ अर्ब १० करोड

साझाकुरा
२०७८ पुष ३०, शुक्रबार ०८:५९

हेटौंडा-मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷ ०७९ को संशोधित बजेट प्रस्तुत गरेको छ । थाहाको १० औं नगरसभामा उपप्रमुख खड्ग गोपालीले संशोधित बजेट प्रस्तुत गरेका थिए । चालु आव २०७८÷०७९ का लागि १ अर्ब १० करोड ८७ लाख ३० हजार रुपैयाँको संशोधित बजेट योजना तथा कार्यक्रम प्रस्तुत  गरिएको हो । प्रस्तुत बजेटमध्ये सशर्ततर्फ ३२ करोड २९ लाख ६ हजार तथा आन्तरिक श्रोततर्फ २७ करोड ११ लाख ४७ हजार रुपैँया रहेको छ । राजश्व बाँटफाँटबाट १६ करोड ५३ लाख ४९ हजार बिनियोजन गरेको छ ।

वित्तीय समानिकरण अनुदानतर्फ १४ करोड ६० लाख २८ हजार रुपैयाँ र अन्य सरकारी अनुदान २ करोड, समपुरक अनुदान ४ करोड ६५ लाख, विशेष अनुदान १ करोड ६८ लाख, सामाजिक सुरक्षातर्फ १२ करोड गरी कुल चालुतर्फ ८ करोड ५७ लाख ४५ हजार, पुँजीगततर्फ ४९ करोड ४७ लाख ७९ हजार रुपैयाँ, विषयगत कार्यालयतर्फ प्राप्त ३२ करोड २९ लाख ६ हजार, समपुरक अनुदान ४ करोड ६५ लाख, विशेष अनुदान १ करोड ६८ लाख र अन्य अनुदान २ करोड गरी कुल १ अर्ब १० \ करोड ८७ लाख ३० हजार रुपैयाँको संशोधित खर्च अनुमान पेश  गरिएको हो ।

आन्तरिक आयतर्फ ११ करोड ८८ लाख ४९ हजारबाट बढेर आगामी बर्ष २७ करोड ११ लाख ४७ हजार पुग्ने अनुमान गरिएको छ भने अन्य आयहरुमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान १४ करोड ६० लाख २८ हजार, संघीय तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ३२ करोड २९ लाख ६ हजार, राजस्व बाँटफाँटबाट १६ करोड ५३ लाख ४९ हजार, समपुरक अनुदान संघ तथा प्रदेश सरकारबाट ४ करोड ६५ लाख, विशेष अनुदानबाट १ करोड ६८ लाख, सामाजिक सुरक्षाबाट १२
करोड तथा अन्य सरकारी निकायबाट २ करोड प्राप्त हुने अनुमानित बजेटमा उल्लेख छ ।

थाहा नगरका प्रमुख लवशेर बिष्टको अध्यक्षतामा सम्पन्न सभामा नेकपा एमाले नगर सचिवालय सदस्य प्रदिप प्रधान, नेकपा माओवादी केन्द्रका नेता अरुण रायमाझी, नेपाली कांग्रेसका थाहा नगर सभापति प्रमोदकृष्ण जोशी लगायतले वजेट माथि टिप्पणी  गरेका थिए । नगरसभाले नगरभित्र उत्कृष्ट कर्मचारीहरु सूचना अधिकारी सुरज कुमार भुजेल, स्वास्थ शाखा प्रमुख मेघराज बलामी, वडा सचिव पाल्साङ लामालाई जनही नगद १० हजारसहित सम्मान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*