सुन्दरीदेवी र महेन्द्र फाइनलमा

साझाकुरा
२०७८ पुष ३०, शुक्रबार ०९:११

हेटौंडा-हेटौंडामा  जारी जिल्लास्तरीय शिक्षक नकआउट भलिबल प्रतियोगिताको उपाधि भिडन्तका लागि थाहा नगरपालिकाको सुन्दरीदेवी मावि र बकैया गाउँपालिकाको महेन्द्र माविले फाइनल यात्रा पक्का गरेका छन् ।  बिहीबार भएको सेमिफाइनल खेलमा सुन्दरीदेवी माविले मकवानपुरगढी गाउँपालिकाको जनता माविलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने महेन्द्र माविले हेटौंडाको जीएस निकेतन माविलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १९ वटा विद्यालयको टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ तथा उपविजेता टिमले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने अन्य २ टिमले ५÷५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । यसैगरी विधागत उत्कृष्ट खेलाडीहरु मध्ये सर्वोत्कृष्ट खालाडीलाई ३ हजार रुपैयाँ तथा उत्कृष्ट स्पाईकर र उत्कृष्ट सेटरलाई जनही २÷२ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । फाइनल खेल आज शुक्रबार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*