कोरोना संक्रमण दर मकवानपुरमा ६० गुणाले बृद्धि

साझाकुरा
२०७८ माघ ३, सोमबार १०:४३

हेटौंडा-मकवानपुरमा कोरोना भाइरस संक्रमण बृद्धि दर दिनानुदिन बढ्दो छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार मकवानपुरको संक्रमण दर ६० गुणाले बृद्धि भएको छ । तेस्रो लहर सुरु भएयता जिल्लामा ६० गुणाले संक्रमण दर बृद्धि भएको हेटौंडा अस्पतालका कोभिड इञ्चार्ज प्रशान्त विडारीले जानकारी दिए ।  उनका अनुसार तेस्रो लहर सुरु भएपछि दैनिक संक्रमण बृद्धि दर ६० प्रतिशतभन्दा कमी भएको छैन । दैनिकजसो परीक्षण गराएकामध्ये ६०,७०,८०,९० प्रतिशतमा संक्रमण पुष्टि भएको स्थिति नियाल्दा जिल्लामा ६० गुणाले संक्रमित बढेका छन् ।

दैनिक रुपमा रुपमा कोरोना संक्रमणको दर बढ्दा जोखिम सोही अनुपातमा बढेको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज बिडारीले बताए । अस्पतालको स्रोतसाधनको उच्चतम् प्रयोग  गरेर कोरोना नियन्त्रणमा लागि परेको उनको भनाइ छ ।कोरोना नियन्त्रणमा आम नागरिकले पनि आ–आफ्नो स्थानबाट स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्नुपर्ने उनको भनाइ  छ । दैनिक रुपमा कोरोना संक्रमणको दरबढ्दा हेटौंडा अस्पतालमा पनि जोखिम बढेकोले अत्यावश्यक पर्दा मात्र अस्पताल आउन उनले आग्रह गरे । उपचारको लागि अस्पताल आउँदा सिमित व्यक्तिमात्र आउन र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन उनको आग्रह छ ।

कोरोनाविरुद्धको खोप लगाएकाहरुमा स्वास्थ्य जटिलता कम हुने भएकाले सम्पूर्णले खोप सेवा लिन पनि उनले आग्रह गरे । हेटौंडा अस्पतालमा कोरोनाका  बिरामीहरु बढ्दै गएको र अस्पतालमा विरामी भर्ना हुने अनुपात पनि सोही अनुसार बृद्धि हुँदै जाँदा थप समस्या उत्पन्न हुनसक्ने उनको भनाइ छ । यसको न्यूनीकरणका लागि नागरिक आफै सचेत हुनुपर्ने उनले बताए । जिल्लामा कोरोना संक्रमणका कारण आइतबार थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भइ हेटौंडामा अस्पतालमा उपचारतरत् एक जनाको मृत्यु भएको हो । संक्रमणका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने ६७ वर्षीय पुरुषको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार, उनको उपचारको क्रममा आइतबारबिहान २ बजे मृत्यु भएको हो । यससँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १ सय ६९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना पुष्टि भएको छ । आइतबारको तथ्याड्ढअनुसार ६० जनाको  कोरोना परीक्षण गर्दा ४० जनामा कोरोना पुष्टि भएको हो ।  कार्यालयको तथ्याड्ढअनुसार विगत २४ घण्टामा एन्टिजेन विधिबाट ६० जनाको  कोरोना जाँच गर्दा ४० जनामा संक्रमण पुष्टि भएको हो । थपिएका ४० सँगै मकवानपुरमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १५ हजार ९ सय ८२ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ५ जना संक्रमणमुक्त भएका छन् ।

बागमती प्रदेशमा १२ गुणा संक्रमण बढ्यो

यसैगरी बागमती प्रदेशमा पछिल्लो १० दिनमा  कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको दर १२ गुणाले बढेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याड्ढ अनुसार, गत पुस २० गतेदेखि ३० गतेसम्म संक्रमणको दर १२ गुणाले बढेको हो । प्रदेशमा गत पुस २० गते कोरोना संक्रमितको संख्या २५३ जना थियो भने पुस ३० गतेसम्म आइपुग्दा ३ हजार ८९ जना पुगेको हो । पुस २१ गते बागमती प्रदेशका २८७ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस यता, पुस २२ मा ३५० जना, पुस २३ मा ४३० जना, पुस २४ मा ५३६ जना, पुस २५ मा ६६२ जना, पुस २६ मा ९८६ जना, पुस २७ गते १ हजार ५०८, पुस २८ गते १ हजार ८५१ जनामा, पुस २९ गत २ हजार २१३ जनामा र पुस ३० गत पुस ३० गते ३ हजार ८९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, प्रदेशमा पछिल्लो १० दिनमा सक्रिय संक्रमितको संख्या ६ गुणाले बढेको छ । पुस २० गते प्रदेशभर २ हजार ५२२ जना सक्रिय संक्रमित रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याड्ढ छ । त्यस यता सो संख्यामा क्रमिक रुपमा वृद्धि हुँदै माघ १ गतेसम्म आइपुग्दा १५ हजार ३३८ जना सक्रिय संक्रमित पुगेका छन् । यो संख्या पुस २० गतेको तुलनामा ६ गुणा बढेको हो । भाइरसका अधिकांश सक्रिय संक्रमित होम आइसोलेशनमा छन् । कुल सक्रिय संक्रमितमध्ये १४ हजारभन्दा बढी व्यक्ति होम आइसोलेशन बसेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, कुल १५ हजार ३३८ जना सक्रिय संक्रमित मध्ये १४ हजार ७०३ जना होम आइसोलेशनमा छन् भने अन्य संक्रमित विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा उपचाररत् छन् । सक्रिय संक्रमितमध्ये ६३३ जना संस्थागत आइसोलेशनमा उपचाररत छन् भने जेनरल आइसोलेशनमा २२८ जना, एचडीयूमा ३१४ जना, आइसीयूमा ७५ जना र भेन्टिलेटरमा १६ जना रहेको मन्त्रालयले जनाएको छ ।
९५ प्रतिशत संक्रमित घरमा

बागमती प्रदेशका करिब ९५ प्रतिशतभन्दा बढी कोरोना सक्रिय संक्रमित होम आइसोलेसमै बसिरहेका छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्याड्ढअनुसार कुल सक्रिय संक्रमितमध्ये १४ हजारभन्दा बढी व्यक्ति होम आइसोलेशन बसेका छन् । कुल १५ हजार ३३८ जना सक्रिय संक्रमितमध्ये १४ हजार ७०३ जना होम आइसोलेशनमा बसेका छन् । अन्य संक्रमित भने प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा उपचाररत् छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ६३३ जना संस्थागत आइसोलेशनमा उपचाररत छन् भने जेनरल आइसोलेशनमा २२८ जना, एचडीयूमा ३१४ जना, आइसीयूमा ७५ जना र भेन्टिलेटरमा १६ जना छन् ।

मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीका अनुसार संक्रमितको स्वाब परीक्षण गर्ने र उपचार गर्ने जिम्मेवारी जिल्ला अस्पतालाई दिइएको छ । ‘हामीले जिल्ला अस्पतालमा संक्रमितको उपचार गर्ने व्यवस्था मिलाएका छौं भने उनीहरुसँग समन्वय गर्ने जिम्मेवारी जिल्ला स्वास्थ्य कार्यालयलाई तोकेका छौं ।’, प्रवक्ता अधिकारीले भने । संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने जिम्मेवारी संघ र प्रदेश सरकारले स्थानीय तहलाई सुम्पिएको छ । तर, स्थानीय तहले आफूहरुलई पूर्णरुपमा वेवास्ता गरिरहेको संक्रमितहरुले बताइरहेका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार संक्रमित दर बढेपछि आइसोलेसन सञ्चालन गर्ने माग समुदायस्तरबाट आएपनि ठोस निष्कर्षमा आफूहरु पुगिनसकेको बताए ।

‘कोरोनाको पहिलो र दोस्रो लहरमा हामी जसरी सक्रिय भएका थियौं अहिले छैनौं ।’, चौलागाईंले संक्रमित बढेपछि अब कसरी अगाडि बढ्ने भनेर स्थानीय तहबीच समन्वय हुन बाँकी रहेको बताए । उनका अनुसार आइसोलेसन कहाँ र कसरी सञ्चालन गर्ने निचोडमा स्थानीय तह पुगिनसकेको बताए ।कोरोना संक्रमितको पहिचान गरी आवश्यक उपचार गर्न प्रदेशको १३ जिल्लामध्ये  रसुवाबाहेक सवैमा स्वाब परीक्षण गर्न पीसीआर ल्याब स्थापना गरिएको मन्त्रालयको दावी छ । ‘रसुवामा पीसीआरक ल्याबको आवश्यकता नदेखिएका कारण स्थापना नगरेका हौं । हामीले दैनिकरुपमा जिल्ला  उनका अनुसार रसुवा जिल्लामा संकलन गरिएको स्वाब नुवाकोटमा परीक्षण हुनेछ । मन्त्रालयले अक्सिजनको अभाव नहोस भनेर १२ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गरिसकेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*