केकी भन्छिन्– कोरोनाले हाम्रो पुस्तालाई धेरै असर पु¥यायो

साझाकुरा
२०७८ माघ ४, मंगलवार १३:५३

काठमाडौं- अभिनेत्री केकी अधिकारीले कोरोना महामारीले आफूहरुको पुस्तालाई ठूलो क्षति पु¥याएको बताएकी छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले कोरोना महामारीबाट प्रभावित बनेको दुई वर्षको अवधिमा सबैभन्दा बढी  आफ्नो पुस्ता पीडित बनेको बताइन् । ‘मलाई कोरोनाका कारण हाम्रो  जेनेरेसनलाई सबैभन्दा बढी घाटा लागेको छ जस्तो लाग्छ । किनकि, हामीपछि पनि तीनवटा जेनेरेसन आइसकेको छ,’ उनले भनिन्, ‘अब वर्षमा कतिवटा चलचित्र बन्लान् र त्यसमा हामी कति अटाउँछौं भन्ने प्रश्न छ ।’ केकीले अहिले आफू अरु चलचित्रलाई पर्खिने कि आफैं निर्माण गर्ने भन्नेमा दोधारमा रहेको बताइन् ।

केकीले भर्खरै चलचित्र  ‘बोक्सीको घर’को छायांकन सकाएकी छन् । यो चलचित्र सस्पेन्स थ्रिलर जनरामा बनेको छ । केकीले चलचित्रमा अभिनय गरेको एक दशक भइसकेको छ । यस अवधिमा उनका केही चलचित्र मात्र हिट सावित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*