हेटौंडामा जेनीसलाई सम्मान
हेटौंडा-द भ्वाइस किड्सको पहिलो विजेता जेनिस उप्रेतीलाई गृह नगरी हेटौंडामा सम्मान गरिएको छ । उनलाई मंगलबार हेटौंडाको मुख्यबजार, हेटौंडा–१ चौकीटोल, हेटौंडा–१९ बस्तीपुरमा परिक्रमा गराउँदै स्थानीयले सम्मान गरेका हुन् । जेनीसलाई स्थानीयले खादामाला लगाएर आगामी यात्राको शुभकामनासहित सम्मान गरेका थिए । फाइनल शोमा अन्तिम ८ जनामध्ये जेनीस सवैभन्दा बढी भोट प्राप्त गर्दै पहिलो उपाधि जित्ने किड्स बनेका ह’न् । उनी प्रमोद खरेलको टिममा थिए । जेनिसले नगद १५ लाख रुपैयाँसहित विभिन्न नगद तथा जिन्सी पुरस्कार प्राप्त गरेका थिए ।
उप्रेतीसँगै फाइनल प्रतिस्पर्धामा प्रमोदकै टिमका रुक्सना लिम्बु, टिम राजुबाट सुप्रिम मल्ल ठकुरी र पासाङ डिक्की शेर्पा, टिम प्रविशाबाट अनुजा कडरियार, सुसमी गुरुङ, टिम मिलनबाट मिन्छामा राई र नुमा राईले प्रतिष्पर्धा गरेका थिए । द भ्वाइस किड्स नेपालको पहिलो सिजनको डिजिटल अडिशनमा सहभागी २० हजारले आवेदन दिएका थिए ।